पुस ८, मुग्लिन । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–३ तोक्दाङमा सामुदायिक घरबास
सञ्चालनमा आएको छ । तोक्दाङ ढाप सामुदायिक घरबास पर्यटन प्रवर्द्धनका लागि सञ्चालनमा
आएको हो ।
शनिबार घरबासको
जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उद्घाटन गर्दै घरबासले
पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए । उनका
अनुसार घरबासमा
बस्ने पाहुनालाई यहाँको स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउनुका साथै स्थानीय
सांस्कृतिक झाँकीले मनोरञ्जन प्रदान गरिनेछ । पर्यटकीय गन्तव्यको निकै
सम्भावना रहेको गाउँपालिका इच्छाकामना हो । उनले जिल्ला समन्वयबाट पर्यटन
प्रवर्द्धनका लागि सहयोग हुने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
गाउँपालिका
अध्यक्ष दानबहादुर गुरुङका अनुसार फिस्लिङबाट इच्छाकामना, उर्दाङगढी हुँदै सौराहा जाने
पर्यटकका लागि लक्षित गरी पर्यटन प्रवर्द्धनका लागि
घरबास सञ्चालन गरिएको हो ।
इच्छाकामना
आमा समूह तोक्दाङको रु १ लाख ९२ हजार, गाउँपालिकाको रु १३ लाख
र नेपाल
रेडक्रस सोसाइटी इच्छाकामना–३ तोक्दाङ ढापको रु एक लाखको लागतमा भवन निर्माण गरिएको छ । घरबासका
लागि आवश्यक बिछ्यौना गाउँपालिकाले उपलब्ध गराएको छ । स्थानीय कृष्णबहादुर गुरुङले
भवन निर्माणका लागि जग्गादान गरेका हुन् ।
गाउँपालिकाको
योजना अनुसार जिल्लाको सिराइचुली हात्तीवाङ, उपर्दाङगढी, इच्छाकामना मन्दिर, मायाटार जलविरे झरनालागयत
पर्यटकीयस्थलमा आउने पर्यटकलाई लक्षित गरी घरबास सञ्चालन गर्न स्थानीयलाई आर्थिक
अनुदानसहित तालिमको व्यवस्था गरिने छ ।
- न्युज बहार संवाददाता