Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कार्तिकमा मात्र २४ हजार चार सय नौ जना पर्यटकले घुमे अन्नपूर्ण संरक्षण क्षेत्र

  •   ३ वर्ष अघि | २ मंसिर २०८०, शनिबार

मंसिर २, गण्डकी । गएको कात्तिक महिनामा अन्नपूर्ण संरक्षण क्षेत्रमा २४ हजार चार सय नौ पर्यटकको आगमन भएको छ । यसरी घुम्न आउनेमा पर्यटकमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य मुलुकका १६ हजार नौ सय ३० पर्यटक रहेका छन् । 

२०८० साल सुरु भएयता वैशाख र असोज महिनापछि कात्तिकमा सबैभन्दा बढी पर्यटकले ‘एक्याप’ घुमेको अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा रविन कडरियाले जानकारी दिएका छन । त्यस क्षेत्रमा वैशाख महिनामा ३१ हजार नौ सय ५१ र असोजमा २८ हजार सात सय पाँच पर्यटकले घुमेका थिए । ‘एक्याप’ प्रमुख डा कडरियाले सबैभन्दा कम साउनमा पाँच हजार चास सय एक पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेको बताए । 

गत वर्षभन्दा अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या अहिले बढेको हो । 

  • न्युज बहार संवाददाता

थप