Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सगरमाथा र आसपासका हिमाल चढ्ने आरोहीहरूले आफूले गरेको दिसा-पिसाब फिर्ता ल्याउनुपर्ने नयाँ नियम

  •   ३ वर्ष अघि | १ फाल्गुन २०८०, मङ्लबार

फागुन १, काठमाडौँ । अब सगरमाथा र आसपासका हिमाल चढ्ने आरोहीहरूले आफूले गरेको दिसा-पिसाब आफुले नै फिर्ता ल्याउनुपर्ने भएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले आधार शिविर व्यवस्थापन कार्यविधि, २०८० लागू गर्दै यस्तो व्यवस्था ल्याएको जनाएको हो ।

गाउँपालिकाले उक्त कार्यविधि अनुसार जीविकोपार्जनमा असर पुर्‍याएको भन्दै फोहोरमैला व्यवस्थापनसम्बन्धी स्थानीय तहको अधिकार प्रयोग गर्दै यस्तो व्यवस्था गरेको हो । गत मंगलबार उक्त कार्यविधि कार्यपालिका बैठकबाट स्वीकृत भई कार्यान्वयनमा आएको हो।

कार्यविधिमा गाउँपालिकाले हिमाल आरोहणका क्रममा आरोहीहरूले गर्न हुने र नहुने क्रियाकलापहरू उल्लेख गरेको छ।

कार्यविधिमा उल्लेख भए अनुसार अब आरोहीले हिमाल चढ्ने क्रममा आफूले गरेको दिसा-पिसाब फिर्ता ल्याउनुपर्ने छ। कार्यविधिमा मानव फोहोरको व्यवस्थापनका तथा विसर्जन गर्नको लागि आधार शिविरभन्दा माथि अनिवार्य रूपमा 'पुप ब्याग' अथवा 'बायोडिग्रेडेबल ब्याग' को प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।

पर्यटन विभागले सामान्यतया सगरमाथा आरोहणका लागि ७५ दिनको अनुमति दिन्छ। कतिपय आरोहीहरूले केही दिनमै आरोहण गर्ने गरेका छन् भने केहीले लामो समय लगाउने गर्छन ।

पर्वतारोहणमा जति नै दिन लगाए पनि यो नयाँ नियम कार्यान्वयनसँगै अब हिमालहरू सफा हुँदै जाने विभागका पर्वतारोहण शाखाका निर्देशक राकेश गुरूङले जनाएका छन । 

  • न्युज बहार संवाददाता

थप