Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल दिल्लीमा हुने साउथ एसियन ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साट्टे)मेलामा सहभागि हुने

  •   ३ वर्ष अघि | १० फाल्गुन २०८०, बिहिबार

फागुन १०, काठमाडौँ । नेपालले भारतको दिल्लीमा हुन लागेको साउथ एसियन ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साट्टे)मेलामा सहभागिता जनाउने भएको छ।

नेपाल पर्यटन बोर्डको नेतृत्वमा लामो समयदेखि पर्यटन व्यवसायीहरू मेलामा पुग्ने गरेको भएपनि यसपालि पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को नेतृत्वमा व्यवसायीहरू मेलामा पुगेका छन्।  

आज बिहीबारदेखि तीन दिनसम्म चल्ने पर्यटन मेलामा टानमा आवद्ध ट्रेकिङ कम्पनीसहित विभिन्न होटल, ट्राभल लगायत २८ कम्पनीले सहभागिता जनाउने छन्। 

यस वर्ष विश्वका विभिन्न मुलुकमा भएका पर्यटन मेलामा पर्यटन बोर्डको आन्तरिक कारणले उपस्थिति जनाउन सकेको छैन। टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितका अनुसार आन्तरिक समस्याका बाबजुत नेपालको पर्यटनको मुख्य बजार भारतमा भइरहेका विश्वकै ठूलोमध्ये एक मानिने साट्टेमा नेपालको सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित नेतृत्व दिल्ली पुगेको हो ।   

  • न्युज बहार संवाददाता

थप