Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पर्यटन प्रवर्धनका लागि नेपाल र भुटानबिच सहमति

  •   १ वर्ष अघि | ७ भदौ २०८२, शनिबार

भदौ ७, काठमाडौँ । पर्यटन प्रवर्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) र एसोसिएसन अफ भुटानीज टुर अपरेटर्स  (एबिटिओ) बीच सहमति पत्रमा हस्ताक्षर भएको छ।

भूटानको पारोस्थित डुङ्कर द्जोङमा आयोजित कार्यक्रममा एबिटिओका अध्यक्ष किन्ले ग्याल्त्सेन र नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

दुवै देशले सम्झौताअनुसार पर्यटन क्षेत्रमा आपसी जानकारी आदान–प्रदान, सीप तथा अनुभव साझेदारी गर्दै तालिम, कार्यशाला, संयुक्त कार्यक्रम र प्रचार–प्रसार गतिविधि सञ्चालन गर्ने छन्।

सहकार्यले नेपाल–भुटानबीचको पर्यटन सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

  • न्युज बहार संवाददाता

थप