भदौ २२, काठमाडौँ । साउदी अरेबियाको दमाममा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नियमित उडान सुरू गरेको छ।
गत
बुधबारदेखि निगमले काठमाडौँ–दमाम–काठमाडौँको
सिधा उडान सुरू गरेको बताएको हो ।
बुधबार
राति १०:४०
मा भएको उडानमा १ सय २६ यात्रु थिए भने दमामबाट काठमाडौं फर्किदा १ सय १७ जना रहेको
निगमले जनाएको छ ।
साताको
दुई दिन बुधबार र शनिबार उडान गर्ने जानकारी निगमका प्रवक्ता रमेश पौडेलले दिएका
हुन । उनको भनाइ अनुसार बजार माग र निगम बजार व्यवस्थापनअुनसार उडान संख्या
बढाउँदै लैजाने योजना रहेको छ ।
निगमले उक्त
उडानका लागी टिकट अनलाइन र नजिकको ट्राभल एजेन्सीमार्फत् लिन सक्ने जनाएको छ।
- न्युज बहार संवाददाता