Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शनिबार बिहानै मनाङ एयरको हेलिकप्टर दुर्घटना

  •   ३ वर्ष अघि | २७ असोज २०८०, शनिबार

असोज २७, काठमाडौँ । ९एन-एएनजे कलसाइन भएको  मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

मनाङ एयरका निर्देशक राजु न्यौपानेले लोबुचेका लागी रुम्झाटारबाट उडेको हेलिकप्टर दुर्घटना भएको पुष्टि गरेका हुन।  आज बिहान ७:१३ मिनेटमा हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलटमात्रै रहेको पनि न्यौपानेले बताएका छन । निर्देशक न्यौपानेका अनुसार पाइटल पिके सेढाइ  सुरक्षित रहेका छन ।

दुर्घटनामा घाइते भएका सेढाइलाई अहिले फिस्टेलको हेलिकप्टरबाट लुक्ला ल्याइएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन । पाइलट सेढाइलाई लुक्लाबाट अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।

  • न्युज बहार संवाददाता

थप