Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘घुम्न जाऔँ बन्दीपुर’ अभियानको थालनी

  •   ३ वर्ष अघि | १२ पुस २०८०, बिहिबार

पुस १२, तनहुँ। तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाले ‘घुम्न जाऔँ बन्दीपुर’ अभियान थालनी गरेको छ । बन्दीपुर ‘पहाडकी रानी’ उपनामले परिचित  छ । गाउँपालिकाको सक्रियतामा बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि उक्त अभियान सुरु गरिएको हो । 

थप आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्र्याउन  अभियान सुरु गरिएको जानकारी बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले दिएका छन । बन्दीपुरमा क्रियाशील पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागितामा यसका लागि देशका विभिन्न सहरमा पुगेर बन्दीपुरको पर्यटनको प्रचारप्रसार गरिनेछ । 

अहिले अध्यक्ष थापाको नेतृत्वमा अभियानअन्तर्गत टोली बुटवल पुगेको छ । अहिले बुटवलमा पुगेर बन्दीपुरको प्रचारप्रसार गर्दै घुम्नका लागि निम्तो दिने कार्यक्रम भइरहेको छ । अध्यक्ष थापाका अनुसार देशका प्रमुख सहरमा पुगेर घुम्न जाऔँ बन्दीपुरको प्रचारप्रसार गरिएको छ भने यसले गर्दा बन्दीपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने छ।

बन्दीपुरको प्रचारप्रसारका लागि यो अभियान फलदायी हुने विश्वास पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले व्यक्त गरेका छन । “बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ”, उनले भने,  “यसको थप प्रचारप्रसार गर्न आवश्यक रहेकाले यो अभियान सुरु भएको हो ।”

आगामी माघ महिनामा सिद्धगुफा महोत्सव आयोजना गरी सिद्धगुफाको प्रचारप्रसार गर्ने लक्ष्य गाउँपालिकाले राखेको छ ।

  • न्युज बहार संवाददाता

थप