Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला

  •   ३ वर्ष अघि | १६ असोज २०८०, मङ्लबार

असोज १६, चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा पुनः जीप सफारी खुला गरिएको छ । ३२ वटा जीपले सौराहा क्षेत्रबाट सफारीका लागि अनुमति पाएका छन् ।

आजदेखि सौराहा क्षेत्रमा जीप सवारी खुला गरिएको  र क्रमशः भत्किएका सडक मर्मत गरेर अन्य स्थानबाट पनि खुला गरिने जानकारी निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले दिएका छन ।

चितवन घुम्न आउने पर्यटकको पहिलो रोजाइ निकुञ्जमा जीप सफारी हुने गरेको सूचना अधिकारी तिवारी बताउँछन । मध्यवर्ती सामुदायिक वनमा यसका अतिरिक्त निकुञ्जमा पैदलयात्रा, हात्ती सफारी, राप्ती नदीमा डुङ्गा सयरलगायतका पर्यटकीय गतिविधि यहाँ हुने गरेको छ । निकुञ्जमा रहेको दुर्लभ बाघ, एकसिङ्गे गैँडा पर्यटकको मुख्य रोजाइमा पर्दछन् ।

थप