Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पचाल झरनाको बारेमा अब क्यूआर कोडबाट जानकारी लिन सकिने

  •   १ वर्ष अघि | ९ साउन २०८२, बिहिबार

साउन ८, काठमाडौँ । अब कालीकोट जिल्लाको पर्यटकीय गन्तव्‍य पचाल झरनाका बारेमा क्यूआर कोडबाट जानकारी लिन सकिने भएको छ ।

लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष ०८२/८३ का नेपालका १०० वटा प्रमुख गन्तव्यमध्ये कालीकोटको पचालझरनालाई ६४औँ स्थानमा सूचीकृत गरेको छ । यससँगै अब अरनाको बारेमा सम्पुर्ण जानकारी क्यूआर कोडबाट नै लिन पाइने भएको हो ।

नेपाल सरकारले नेपालको सबभन्दा अग्लो स्थानको पचालझरनालाई पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको हो । नेपाल पर्यटन बोर्डले सचिकृत भएसँगै पचालझरनाका बारेमा जानकारी दिनका लागि क्यूआर कोडमार्फत बनाएको हो ।

नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा पचालझरनाको प्रचारप्रसारका लागि सूचना प्रविधिमैत्री क्यूआर कोड बनाएर एउटा पर्यटन बोर्डमा राखिएको र अर्को क्यूआर गाउँपालिकालाई हस्तान्त्रण गरिएको बोर्डले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप