असोज २१, तनहुँ । तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ
। दशैँको बिदा सुरु हुँदै गर्दा मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको
हो ।
यतिबेला
दैनिकजसो आन्तरिक पर्यटक तनहुँ जिल्लाको व्यास
नगरपालिका–५ स्थित
मानुङकोटबाट दृश्यावलोकनका लागि पुग्ने गरेका छन् ।
होटल
व्यवसायीहरुका अनुसार राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक
पर्यटक आउने गरेका छन ।
शुक्रबार र
शनिबार अन्य दिनको तुलनामा यहाँ पर्यटकको बढी घुइँचो हुने गरेको छ ।
विद्यालय
तथा कार्यालयहरु दशैँका बेला बिदा हुने भएकाले आन्तरिक पर्यटक बढ्न थालेका छन । सप्तमीदेखि
पर्यटकको आगमन अझै बढ्ने अनुमान गरिएको छ ।
बिहानै
यहाँबाट देखिने सूर्योदय र कुहिरोले पर्यटकलाई लोभ्याउने गरेको छ । यसका साथै दमौली बजारलाई ढपक्क कुहिरोले
ढाकिएको सुन्दर दृश्य हेर्न पर्यटक आउने गर्दछन
।
- न्युज बहार संवाददाता