पुस २१, काठमाडौँ । तत्कालका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज
क्षेत्रमा हेलिकप्टर कम्पनीहरूले उडान स्थगन गरेका छन्।
आइतबार वायुसेवा
सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गर्दै उडान स्थगन गरिएको जानकारी दिएका हुन ।
पासाङल्हामु
गाउँपालिकाका स्थानीयहरू र राष्ट्रिय निकुञ्जले अवरोध गरेकाले उडान रोकिएको जनाइएको
छ ।
संघका
प्रथम उपाध्यक्ष प्रताप जंघ पाण्डेका अनुसार हेलिकप्टर सुरक्षाको पूर्ण
प्रत्याभुति नभएसम्म उक्त क्षेत्रका सम्पूर्ण उडान आजबाटै स्थगन गरिएको हो ।
संघले यसबाट
यात्रुमा पर्ने असुविधा प्रति क्षमा पनि मागेको छ।
पुस १७
गते अर्थात् जनवरी १ बाट लागु हुने गरी यसअघि राष्ट्रिय निकुञ्ज तथा गाउँपालिकाले
पनि उक्त क्षेत्र आसपासमा हेलिकप्टर उडान र अवतरणमा रोक लगाएको थियो।
- न्युज बहार संवाददाता