फागुन
२८, म्याग्दी । म्याग्दी जिल्लाको टोड्के लगायत पहाडी स्थान यतिबेला गुराँस फुलेर
रङ्गिएको छ । प्रकृतिक रुपमा गुराँस फुलेर सिँगारिएका पहाडी क्षेत्रको जङ्गलहरु
अहिले हेर्नका लागि आकर्षक गन्तव्य समेत बनेको छ । म्याग्दीको बेनी नगरपालिका र मङ्गला
तथा रघुगङ्गा गाउँपालिका
अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर रहेको छ जाहाँ
यतिबेला गुराँसले जङ्गलहरु रँगिएका छन ।
टोड्केका
स्थानियका अनुसार गुराँस फुल्ने सिजन सुरु भएपछी अहिले म्याग्दीका साथै छिमेकी
जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका छन । स्थानियका अनुसार पाखामा
ढकमक्क गुराँस फुलेर रङ्गिएपछि बिदा मनाउन टोड्के आउनेको भिड बढेको छ।
टोड्केको
दायाँ र बायाँ रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेर जङ्गल झपक्क छोपेको जस्तो
दृश्यल मनमोहक बनेको छ । गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो र
तनावमुक्त महसुस गर्न सकिन्छ । टोड्केलगायतका स्थानमा गाडा रातो र रातो रङको
गुराँस पाइन्छ ।
- न्युज बहार संवाददाता