Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पोखराको प्रमुख पर्यटकिय गन्तव्य बन्दै गुप्तेश्वर महादेव गुफा।

  •   ३ वर्ष अघि | १२ जेष्ठ २०८०, शुक्रबार

जेठ १२, पोखरा । नेपालको ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्त्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा। यही पोखरामा पोखरा ७ को छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा पनि एक धार्मिक महत्त्व बोकेको पर्यटकिय स्थल हो । पोखरामा आउने विदेशी तथा स्वदेशी पर्यटक गुप्तेश्वर महादेश गुफा अवलोकन गर्न पुग्ने गरेका छन। पोखराका प्रमुख पर्यटकीय स्थलमध्ये गुप्तेश्वर महादेव गुफा क्षेत्रमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ । 

सामान्य जमीनबाट करिब १५० मिटर तल अवस्थित यस गुफाको पूर्वी भागबाट पातले छाँगोबाट खसेको झरना दृश्यावलोकन पनि गर्न सकिन्छ । दक्षिण एसियाका सबैभन्दा ठूला गुफाहरू मध्ये पर्ने यो गुफाभित्र मन्दिरहरू र ठूला खुला ठाउँ पनि रहेका छ । पोखरा ताल र गुफैगुफाको शहरका रूपमा चिनिने गर्छ । भूर्गवविद् डा कृष्ण केसीका अनुसार कास्की जिल्लमा एक दर्जन ताल र एक दर्जन बढी गुफाहरू रहेको जानकारी बताउनुभयो । 

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन कार्यालयका प्रमुख नारायण पौडेलले गुप्तेश्वर महादेव गुफामा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको र टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण लिन पनि सहज हुने भएको जानकारी दिएकाछन । 

गुप्तेश्वर महादेव गुफामा साँझ आरती सेवा समेत सञ्चालनमा ल्याइएको छ । प्रत्येक हप्ताको सोमबार साँझ विश्व शान्तिको कामनासहित पारिवारिक सुख शान्ति, पितृ उद्धारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिने आरती सेवा एक घण्टा सञ्चालन गरिँदै आएको छ । तीन जना गुरुद्वारा शुद्ध गाईको घिउ, कपुर, ज्योतिलगायतका पूजा सामग्रीको माध्यमबाट गरिने आरती विशेषगरी शिव र विष्णु भगवान् तथा दुर्गादेवी मन्त्र वाचनद्वारा समर्पण गरिने गरिएको छ।

कार्यालय प्रमुख पौडेलले विसं २०५१ देखि सञ्चालनमा आएको गुप्तेश्वर गुफामा वार्षिक पाँच लाखको हाराहारीमा आन्तरिक र बाह्य पर्यटकले टिकट काटेर अवलोकन गर्ने गरेको जानकारी दिएका छन । 

  • न्युज बहार संवाददाता

थप