Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालमै पहिलोपटक लमजुङको दोर्दी गाउँपालिका हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा

  •   ३ वर्ष अघि | १९ पुस २०८०, बिहिबार

पुस १९, काठमाडौँ । हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल नेपालमै पहिलोपटक सञ्चालनमा आएको छ।

बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले लमजुङको दोर्दी गाउँपालिका-८ थोँतीमा हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याएको हो। यस स्कुल तीन हजार ९ सय मिटरको उचाइमा सञ्चालनमा आएको हो भने याहाँ हाइ अल्टिच्युडमा प्याराग्लाइडिङ गर्न चाहनेहरूले तालिम लिन सक्नेछन्। 

कम्पनी सञ्चालक सानोबाबु सुनुवारका अनुसार नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा स्कुल सञ्चालनमा ल्याएका हुन । स्कुलमा उच्च हिमाली हावापानीमा कसरी प्याराग्लाइडिङमा उड्ने,  कसरी उडाउने भन्नेबारे सिकाइने उनले बताए । 

यस स्थानमाप्याराग्लाइडिङ स्कुलका लागि आवश्यक पूर्वाधार तयारीमा दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको छ भने गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले अन्य सुविधाहरू पनि क्रमश: विस्तार गरिने बताएका छन । 

गाउँपालिका अध्यक्ष अधिकारा अनुसार गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य गन्तब्यको पर्यटकीय प्रवर्द्धन गर्नका लागि पनि प्याराग्लाइडिङ स्कुल महत्वपूर्ण हुने छ।   

  • न्युज बहार संवाददाता

थप