Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछी शनिबार सम्म उडान बन्द

  •   १ वर्ष अघि | ९ जेष्ठ २०८२, बिहिबार

जेठ ८, सुर्खेत । सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएको छ । वीरेन्द्रनगरस्थित उक्त विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछी मंगलबारदेखि उक्त विमानस्थलबाट उडान ठप्प बनेको छ । 

मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेको र  उक्त खाल्डो पुर्ने काम भइरहेको वेला सोही दिन पुनः नजिकै जमिनमुनिबाट पानी निस्किन थालेको विमानस्थल प्रमुख हिराजन काफ्लेले जनाएका छन ।

अहिले त्याहाँको मर्मतको काम भइरहेको छ भने शनिबारसम्म सबै काम सक्नेगरी काम भइरहेको छ ।

 

  • न्युज बहार संवाददाता

थप