Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान

  •   ३ वर्ष अघि | २० कार्तिक २०८०, सोमवार

कार्तिक २०, कोहलपुर । पहाडी जिल्लामा राँझा विमानस्थलबाट जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि आपतकालीन उडान भइरहेका छन् । नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले विमानस्थलबाट शनिबारदेखि आपतकालीन उडान भरिरहेका छन् । 

नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार सेनाको हेलिकप्टरले जाजरकोट र रुकुमपश्चिमबाट भूकम्पका घाइतेलाई उपचारका लागि नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ लैजाने गरिरहेकछ ।

सोही क्रममा आइतबार विमानस्थलमा भारतीय वायुसेनाको जहाज अवतरण गरेको छ । ११ टन भन्दाबढी आपतकालीन राहत सामग्री उक्त जहाजले ल्याएको थियो । उक्त जहाजमा कम्बल र सुत्ने डस्ना, त्रिपाल, झोला तथा आवश्यक औषधि, भेन्टिलेटर, पोर्टेबललगायत सामग्री रहेका छन् ।

भूकम्प प्रभावित जिल्लाका बस्तीसम्म उक्त जहाजले ल्याएको आपतकालीन सामग्रीलाई सेनाको हेलिकप्टरमार्फत पुर्याइने छ । विमानस्थल कार्यालयले घाइतेको उपचार र राहत सामग्री ढुवानीका लागि केही दिनसम्म आपतकालीन उडान भर्नुपर्ने भएकाले विमानस्थलमा उडानको चाप रहेको जनाएको छ । अहिले दैनिक हेलिकप्टर र जहाजले घाइतेको उद्धार र राहत सामग्री बोक्न उडान भरिरहेका छन् ।

  • न्युज बहार संवाददाता

थप