असार ८, पोखरा । पोखरामा आजवाट ड्रागन बोट रेस महोत्सव सुरु भएको छ । पर्यटकिय नगरी भनेर चिनिने पोखराको फेवातामला नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव सुरु भएको हो ।
नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजना सुरु भएको महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका छन ।
नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै यो महोत्सवले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको मन्त्री किराँतीले बताएका छन ।
चीनका चार र नेपालका चार गरी आठ
टोलीले दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा सहभागीता जनाउँदै छन् भने
रेसमा २०० र ५०० मिटर दौडमा प्रतिस्पर्धा हुनेछ र विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र समेत पाउने छन् ।
- न्युज बहार संवाददाता