Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक हवाई उडान प्रभावित।

  •   ४ वर्ष अघि | ३ बैशाख २०८०, आइतवार

बैशाख ३, काठमडौँ। मुलुकको आन्तरिक हवाई उडान प्रतिकूल मौसमका कारण सामान्य प्रभावित भएको छ।

पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा  प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्णरूपमा उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन। यसरी बन्द भएको मध्ये सिमराको उडान भर्खरै खुलेको र पोखरा, भरतपुर र तुम्लिङटारको उडान अझै खुल्न नसकेको सिटौलाले बताएका छन तीन गन्तव्यहरूमा अहिलेसम्म उडान हुन नसके पनि केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरू भएको हो।

आज आन्तरिकतर्फ एक सय १५ उडान तालिका रहेको विमानस्थले जानकारी गराएको छ।

केही दिनदेखि राजधानीसँगै देशका अन्य शहरमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको हो।

राजधानी समेत रहेको काठमाडौं उपत्यकाको आकाश समेत मा गत शुक्रबारदेखि बाक्लो तुवाँलो लागिरहेको छ भनेआज काठमाडौँ सबै भन्दा धेरै वायु प्रदुषण हुने सहरको एक नम्बरमा परेको छ।

  • न्युज बहार संवाददाता

थप