Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चन्द्रागिरिमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु

  •   ३ वर्ष अघि | ९ कार्तिक २०८०, बिहिबार

कार्तिक ९, काठमाडौँ । काठमाडौँ उपत्यकाबाट नजिक रहेको धार्मिक तथा पर्यटकिय गन्तव्य चन्द्रागिरिमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको छ । नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी हाइ अल्टिच्युड प्याराग्लाइडिङको 'बाबु एड्भेन्चर्स'ले  प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । 

सुनुवारका अनुसार भालेश्वर मन्दिरबाट केबल २० मिनेटको दुरीमा रहेको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरु हुने छ ।  चन्द्रागिरिको २३ सय मिटर उचाइबाट सुरु भएको प्याराग्लाइडिङ उडानले आकाशमा सय मिटरसम्म उचाइ लिनेछ । चित्लाङमा प्याराग्लाइडिङको अवतरण गर्नु अघि अद्भुत दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइमा गड्न सकिनेछ ।

प्याराग्लाइडिङ उडानबाट भालेश्वर मन्दिरको एरियल भ्यु, काठमाडौँ उपत्यकाको अधिकांश भूभाग, रसुवा र धादिङका भूभाग समेत अवलोकन गर्न सकिनेछ भने मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको  समेत आकर्षक दृश्यावलोकन गर्न सकिनेछ ।

मौसम खुलेको समयमा उत्तरतर्फ देखिने हिमशृङ्खला प्याराग्लाइडिङको अर्को आकर्षण केन्द्र हो । 

  • न्युज बहार संवाददाता

थप