Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गरिने

  •   २ वर्ष अघि | २५ माघ २०८०, बिहिबार

माघ २५, तनहुँ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घामा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । भानु नगरपालीकाले वडा नम्बर ४ चुँदीरम्घामा साहित्य उद्यान निर्माणको काम अगाडि बढाएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख आनन्दराज त्रिपाठीका अनुसार चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित  नगरपालिकाले साहित्य उद्यानको काम अगाडि बढाएको छ । सङ्घीय सरकारले यसका लागि रु पाँच करोड बजेट विनियोजन गरेको र अर्थमन्त्रालयले उद्यान निर्माणका लागि केही दिन अगाडि सो रकम उपलब्ध गराएको थियो  । 

नगरप्रमुखका अनुसार स्वयम राष्ट्रपति रामचन्द्र पौडेलले पनि यस ठाउँको विकासका लागि चासो राख्नुभएको छ भने उहाँकै साथ र सहयोगमा साहित्य उद्यानको कामलाई अगाडि बढाउन लागिएको हो ।

  • न्युज बहार संवाददाता

थप