असार १४, चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गल ड्राइभ (सफारी) बन्द गर्ने भएको
छ।
चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल सफारीमा रोक लगाएको छ ।
निकुञ्जले वर्षायाम लागेसँगै मा निकुञ्जभित्रका कच्ची वनपथ
बिग्रिने, जङ्गलमा
भएका स–साना खोला
खोल्सीमा भल बाढी आउने र रुख लडेर बाटो अवरुद्ध हुने तथा यस्ता
दुर्घटनाले मानवीय
क्षतिसमेत हुनसक्ने भन्दै जङ्गल सफारीमा रोक लगाएको हो ।
- न्युज बहार संवाददाता