Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

साइकल पर्यटन र स्थानीय उत्पादनको प्रचारप्रसारका लागी साइकल टोली पोखरामा

  •   २ हप्ता अघि | ३ मंसिर २०८०, आइतवार

मंसिर ३, गण्डकी । साइकल सिटी भैरहवाको टोली सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परानाराका साथ शनिबार पर्यटकीय नगरी पोखरा आइपुगेको छ ।

तिहारको भाइटिकाको भोलिपल्ट हरेक वर्ष साइकल यात्राका माध्यमबाट आन्तरिक एवं साइकल पर्यटन र स्थानीय उत्पादनको प्रचारप्रसार गर्दै आएको टोली यसपटक पोखरा आइपुगेको हो ।

कात्तिक ३० गतेदेखि १४ सदस्यीय टोली यसवर्ष विशेषतः मगर र गुरूङ घरवाससँगै पर्यटकीय नगरी पोखराको प्रचारप्रसार गर्ने उद्देश्यका साथ रूपन्देही सिद्धार्थनगरबाट साइकल यात्रामा निस्केको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारू मगरले जानकारी दिएका हुन ।

उनले उक्त टोली साइकल यात्रा गर्दै वालिङस्थित मगर जातिको बाझकोट होमस्टे, स्याङ्जास्थित गुरूङ जातीको सिरूवारी होमस्टे हुँदै पोखरा आइपुगेको बताए । 

साइकल यात्राका माध्यमबाट विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध व्यक्ति सहभागी टोलीले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा देखाएको चासो निकै सकारात्मक रहेको पर्यटन व्यवसायी डिल्लीराज पाण्डेले बताए ।

यसअघि टोलीले अर्घाखाँचीको सुपादेउराली, पाल्पाको व्यास नगरपालिकाको मानुङकोट, रानीमहलमा पनि साइकलबाटै यात्रा गरिसकेको छन । 

  • न्युज बहार संवाददाता

थप