Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साइकल पर्यटन र स्थानीय उत्पादनको प्रचारप्रसारका लागी साइकल टोली पोखरामा

  •   ३ वर्ष अघि | ३ मंसिर २०८०, आइतवार

मंसिर ३, गण्डकी । साइकल सिटी भैरहवा’को टोली ‘सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ नाराका साथ ‘शनिबार पर्यटकीय नगरी पोखरा आइपुगेको छ ।

तिहारको भाइटिकाको भोलिपल्ट हरेक वर्ष साइकल यात्राका माध्यमबाट आन्तरिक एवं साइकल पर्यटन र स्थानीय उत्पादनको प्रचारप्रसार गर्दै आएको टोली यसपटक पोखरा आइपुगेको हो ।

कात्तिक ३० गतेदेखि १४ सदस्यीय टोली यसवर्ष विशेषतः मगर र गुरूङ घरवाससँगै पर्यटकीय नगरी पोखराको प्रचारप्रसार गर्ने उद्देश्यका साथ रूपन्देही सिद्धार्थनगरबाट साइकल यात्रामा निस्केको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारू मगरले जानकारी दिएका हुन ।

उनले उक्त टोली साइकल यात्रा गर्दै वालिङस्थित मगर जातिको बाझकोट होमस्टे, स्याङ्जास्थित गुरूङ जातीको सिरूवारी होमस्टे हुँदै पोखरा आइपुगेको बताए । 

साइकल यात्राका माध्यमबाट विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध व्यक्ति सहभागी टोलीले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा देखाएको चासो निकै सकारात्मक रहेको पर्यटन व्यवसायी डिल्लीराज पाण्डेले बताए ।

यसअघि टोलीले अर्घाखाँचीको सुपादेउराली, पाल्पाको व्यास नगरपालिकाको मानुङकोट, रानीमहलमा पनि साइकलबाटै यात्रा गरिसकेको छन । 

  • न्युज बहार संवाददाता

थप