Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पर्यटकको रोजाई बन्दै बागलुङको ‘बराह ताल’।

  •   ३ वर्ष अघि | ३० बैशाख २०८०, शनिबार

बैशाख ३०, बागलुङ। वरपर जङ्गल र बस्तीले घेरिएको र बिचमा शान्त वातावरणमा बसेको छ बराह ताल । शान्त वातारण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको मिठो र मधुर आवाजले त्याहाँ जने जो केहीको मन फुरुङ्ग बनाउँछ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण बराह ताल बागलुङ नगरपालिका-१० भकुन्डेमा अवस्थित छ । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बराह ताल एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको छ ।

बजार एरिया र सदमुकाम को नजिकै भएको हुनाले याँहा आन्तरिक पर्यटकको घुईचो लाग्ने गर्दछ।अहलेको समयमा दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको आन्तरिक पर्यटक र बाह्य पर्यटकको सङ्ख्या बढिरहेको छ । पैदल र गाडी सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित भएका छन  भने ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरतामा अझै निखार आएको स्थानियहरु बताउँछन।

बागलुङ बजारबाट आधा घण्टा गाडीमा र पैदल गए करिब साढे एक घण्टामा बराह ताल पुग्न सकिन्छ।

  • न्युज बहार संवाददाता

थप