असार १८, काठमाडौँ । सन् २०२४ को जुन महिनामा धेरै पर्यटकको आगमन
भएको छ । यस महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल भित्रिएका छन् ।
५ लाख ८३
हजार १६ पर्यटक सन् २०२४ को ६ महिनामा भित्रिएका हुन्।
सन् २०२४
को जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा
७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७
पर्यटक भित्रीएकोमा अप्रिलमा एक लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक
भित्रिएको पर्यटन बोर्डको तथ्यांकले जनाएको छ।
सबैभन्दा
धेरै जुन महिनामा ३७ हजार ८३५ भारतीय पर्यटक नेपाल भित्रिएका छन्।
- न्युज बहार संवाददाता