साउन २०, काठमाडौँ । १४ हिमाल ९२ दिनमा चढेर विश्वकीर्तिमान कायम गर्ने नेपालका तेन्जेन लामा र नर्वेकी क्रिस्टिन हरिलाको भव्य स्वागत गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी शनिबार विश्वका १४ हिमालको सफल आरोहण गरी नेपाल आएका दुई आरोहीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।
राज्यमन्त्री सिर्पालीले माला र खादा लगाइदिएर कीर्तिमानी आरोहीलाई स्वागत गरेकी हुन ।
राज्यमन्त्री सिर्पालीसँगै पर्यटन विभाग, पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण संघ लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्था एवम् आरोहीहरूले विमानस्थलमा उपस्थिति भएर उनिहरुको स्वागत गरेका छन ।
दुई आरोही तेन्जेन लामा र क्रिस्टिन हरिलाको स्वागतमा बाजागाजा समेत बजाइएको थियो।
- न्युज बहार संवाददाता