Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भैरहवा विमानस्थलमा तत्काल उडान रोक्न वायुसेवा कम्पनीको पत्र

  •   २ वर्ष अघि | २४ मंसिर २०८१, सोमवार

मंसिर २४, काठमाडौँ । तीन वायुसेवा कम्पनीले तत्काल उडान गर्न रोक्न प्राधिकरणलाई पत्र पठाएका छन्। भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेका तीन वायुसेवा कम्पनीले उडान रोक्न लागि प्राधिकरणलाई पत्र पठाएको हो ।

फ्लाइ दुबई, थाई एयर एसिया र जजिरा एयरवेजले मौसमका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा उडानमा समस्या भएको भन्दै तत्काल उडान गर्न नसक्ने बताएका हुन्। 

नागरिक उड्डयन प्राधिकरणका अनुसार भैरहवाको मौसम जाडोयाम लागेसँगै समयमै नखुल्ने र भिजिबिलिटी कम हुँदा उडान अवतरणमा समस्या भएकाले केही समयका लागि उडान रोक्न वायुसेवाले पत्र पठाएको हो ।

तर प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले तत्काल उडान नरोक्न र समय तालिका परिवर्तन गरेरै भए पनि उडान गर्न अनुरोध गरिरहेको जानकारी दिएका छन । 

  • न्युज बहार संवाददाता

थप