साउन १, काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ बाट सरकारले हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा ल्याएको छ।
१५ जेठमा आएको आर्थिक विधेयकले हवाई सेवामा भ्याट लगाउने निर्णयपछी त्यसको ३० दिन अर्थात् १२ असारभित्र कम्पनीहरु भ्याटमा दर्ता भइसक्नुपर्ने बताइएको छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले हवाई सेवामा भ्याट नयाँ भएको र दर्ता प्रक्रियामा अलमल भएकाले १ साउनबाट यस क्षेत्रमा भ्याट अनिवार्य भएको बताएका छन ।
सोही अनुसार १ साउनबाट टिकट काट्दा अनिवार्य भ्याट तिर्नुपर्ने तर त्यसअघि काटिसकेका टिकटमा भने भ्याट नलाग्ने मैनालीले जानकारी दिएका छन ।
उनका अनुसार मूल्य अभिवृद्धि कर लागु हुनुभन्दा पहिला काटिएको हवाई टिकटमा लागू भइसकेपछि यात्रा गर्दा पनि भ्याट असुल गरिने छैन ।
- न्युज बहार संवाददाता