जेठ १९, काठमाडौँ । एयर इन्डिया एक्सप्रेसले काठमाडौँ र बैंगलोरबीच दैनिक प्रत्यक्ष उडान सुरू गरेको छ।
यस
उडानले नेपालमा आफ्नो प्रवेशलाई चिन्हित गर्दै दुई छिमेकी देशहरू बीचको सम्बन्धलाई
अझ प्रगाढ बनाउने जनाइएको छ।
काठमाडौँ
एयर इन्डियाको बढ्दो सञ्जालमा १७औं अन्तर्राष्ट्रिय गन्तव्यमा परेको छ। त्यस्तै नेपालमा एयर इन्डिया एक्सप्रेसको लागि पहिलो
स्टेशन बनेको छ।
बैंगलोरबाट
काठमाडौँका लागि दैनिक उडान बिहान ८:०५ बजे हुने छ भने काठमाडौँ आइपुगेपछी बिहान
९:०५ बजे प्रस्थान गरिने छ।
- न्युज बहार संवाददाता