असार १८, काठमाडौँ। प्राविधिक चेकजाँच पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका तीनवटा जहाजलाई नियमित उडान गर्न अनुमति दिएको छ।
सोमबार बिहान प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले प्राविधिक निरीक्षणपछि श्री एयरलाइन्सका तिन वटा जहाजलाई उडान अनुमति दिएको हो।
उडान अनुमति पाएसँगै श्री एयरलाइन्सका तीनवटै जहाजले विभिन्न गन्तव्यमा उडान गरिहरेको एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले बताएका छन।
- न्युज बहार संवाददाता