Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकारद्वारा पोखरामा सञ्चालित साहसिक खेल अल्ट्रालाइट प्रा.लि. सम्मानित

  •   ३ वर्ष अघि | ११ असोज २०८०, बिहिबार

असोज ११, काठमाडौँ । सरकारद्वारा पोखरामा सञ्चालित साहसिक खेल अल्ट्रालाइट प्रा.लि. सम्मानित भएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्व पर्यटन दिवस २०२३ को अवसरमा अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरुलाई सम्मान गरेको हो ।

पोखरा अल्ट्रालाइट सहित अन्य विभिन्न क्षेत्रका कम्पनीहरूलाई बुधबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री सुदन किराँतीले सम्मानित गरेका हुन् ।

सन् २०२२ अगस्ट १ देखि २०२३ अगस्टसम्ममा अल्ट्रालाइटले साहसिक खेलअन्तर्गत सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सफल भएकाले सम्मानित भएको हो । सो वर्षमा यस कम्पनीले ४४ हजार ३८८ अमेरिकी डलर आर्जन गरेको बताइएको छ ।

  • न्युज बहार संवाददाता

थप