Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चाडपर्वको लामो विदामा मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य बृद्धी

  •   ३ वर्ष अघि | ८ मंसिर २०८०, शुक्रबार

मंसिर ८, म्याग्दी । करिब ८० हजार पर्यटकले पछिल्लो एक महिनाको अवधिमा मुस्ताङ भ्रमण गरेका छन् । गएको कात्तिकमा दसैँतिहार पर्व बिदाको अवसर पारेर मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य बढेको थियो । ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच हजार पाँच सय चारजना विदेशी पर्यटकले भ्रमण गरेका जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख गरिएको छ ।  

लेते प्रहरी चौकीले मुस्ताङबाट बाहिरिने र घाँसा प्रहरी चौकीले भित्रने आन्तरिक पर्यटकको तथ्याङ्क राख्ने गरेको छ । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोम र लोमान्थाङस्थित कार्यालयलेविदेशी पर्यटकको अभिलेख राक्ने गरेका छन् ।

दसैँ, तिहार, छठपर्व बिदाको अवसरमा मुस्ताङ घुम्ने पर्यटकको लर्को लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे बताउँछन । १३ हजार नौ सय एक सवारीसाधनले कात्तिकमा मात्र पर्यटक बोकेर भित्रिएका थिए । 

त्यसमा छ हजार दुई सय ८९ कार–जिप, छ हजार चार सय आठ मोटरसाइकल, तथा सात सय ५० वटा बसमार्फत पर्यटक मुस्ताङ भित्रिएका थिए । मुस्ताङ प्रवेश गर्ने घाँसा अधिकतम दैनिक चारदेखि पाँच हजार पाँच सयको अनुपातमा पर्यटक मुस्ताङ भित्रिएको प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक प्रताप महतले जानकारि दिए ।

  • न्युज बहार संवाददाता

थप