असार १५, काठमाडौँ । १८ औं एटीआर जहाजका रुपमा बुद्ध एयरले नयाँ
जहाज भित्र्याएको छ।
शुक्रबार
बुद्धले फ्रान्सको तुलुसबाट कल साइन 'नाइनएन एनाइनजेट' एटिआर- ७२ जहाज काठमाडौँ
भित्र्याएको हो।
यो जहाज
थप भएसँगै अब बुद्धको एटीआर–७२ जहाजको संख्या १५ पुगेको छ।
कम्पनीका
अनुसार जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याएर साउन महिनाबाट उडान सेवामा
ल्याइने छ।
बुद्ध
एयरका बजार निर्देशक रुपेश जोशीले हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता
अनुरुप जहाज थपेको बताएका छन ।
कम्पनीको योजना अनुसार थपिएको जहाजबाट साउन १ देखि धनगढी तथा
सुर्खेतमा थप १ उडान भरिनेछ भने हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेको छ।
- न्युज बहार संवाददाता