Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने कार्य हुँदै

  •   ३ वर्ष अघि | ४ माघ २०८०, बिहिबार

माघ ४, कञ्चनपुर । निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको होर्डिङ बोर्डराख्ने काम शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा भइरहेको छ ।  निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई दुर्लभ चराबारे जानकारी दिने उद्देश्यले प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटा र नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को सहयोगमा बोर्ड राख्ने काम गरिएको हो । निकुञ्जमा पाइने दुर्लभ २४ प्रजातिका चराको नामसहितको तस्बिर बोर्डमा राखिएको छ । 

होर्डिङ बोर्डराखिने चराहरुमा कैलोटाउके हाँस, सिमतित्रा, खरमुजुर, राजलहाचे, उत्कोशी फ्यालफ्याले, सानो खरमुजुर, रणमत्त महाचिल, गोमायु महाचील, सारस, बोक्सी चील, लोभीपापी गरुड, लघु महाचील, भुँडीफोर, जीवाहार चील रहेका छन् ।

यसैगरी डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सेतो गिद्ध, सुन गिद्ध, वन चाहा, सेतोकण्ठे घिप्सी, काँसे घाँसेचरी, सुनौलो टोपचरा, नर्कट भ्याकुर, बगाले बगेडीलगायत चराका तस्बिर होर्डिङ बोर्डमा अङ्कित गरिएको छ । होर्डिङ बोर्डमा चराको नेपाली र अङ्ग्रेजी नाम पनि राखिएको छ । 

  • न्युज बहार संवाददाता

थप