Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ घलेगाउँमा फुटबल प्रतियोगिता हुँदै

  •   ३ वर्ष अघि | ९ चैत्र २०८०, शुक्रबार

चैत ९, लमजुङ ।  आगामी वैशाख १ गतेदेखि दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । 

उक्त प्रतियोगिता करिब आठ सय वर्ष पुरानो घलेगाउँस्थित घलेगाउँको स्वर्र्गभूमि रङ्गशालामा हुने लागेको हो । यो रङ्गशाला समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको छ।

बिहीबार बेँसीसहरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजक स्मार्ट भिलेज घलेगाउँ र पर्यटन व्यवस्थापन समितिले देशका प्रतिष्ठित   १२  फुटबल क्लबीच प्रतिस्पर्धा हुने जनाएका हुन । भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पाँच लाख ५० हजार पाँच सय ५५, गोल्डकप र पदक, दोस्रो स्थान हासिल गर्नेलाई रु तीन लाख ५० हजार तीन सय ५५ सहित पदक प्रदान गरिने छ । 

त्यसैगरी प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही नगद रु १० हजारसहित पदक प्रदान गरिने भएको छ । नकआउट आधारमा छ दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत खेलहरु हुनेछन् ।  अध्यक्ष घलेले प्रतियोगिता सञ्चालन गर्न रु ३१ लाख ८० हजार लाग्ने अनुमान गरिएको बताएका छन ।  

  • न्युज बहार संवाददाता

थप