भदौ २८, दाङ । कैलाश कम्पनीको हुम्लाबाट पोखराका लागि उडेको एक हेलिकप्टर दाङ देउखुरीमा अवतरण भएको छ । पोखरामा अवतरण हुनुपर्ने हेलिकप्टर दाङमा अवतरण भएको हो ।
बुधबार बेलुका सवा सात बजे कैलाश कम्पनीको हेलिकप्टर राप्ती गाउँपालिकाको लालमटियास्थित आदर्श नमूना माविको प्रांगणमा अवतरण गरेको थियो ।
इलाका प्रहरी कार्यालय भालुबाङले हेलिकप्टर खराब मौसमका कारण पोखरा अवतरण गर्न नसकेर दाङ देउखुरीमा आकस्मिक अवतरण गरेको जनाएको छ ।
- न्युज बहार संवाददाता