जेठ ३, गण्डकी ।
विगत १० महिनामा पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा उल्लेख्य मात्रामा पर्यटकहरु भित्रीएका छन । उक्त १०
महिनाको समयमा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका हुन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना
(एक्याप)का अनुसार सबैभन्दा
धेरै गत चैतमा ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको हुन ।
आयोजना
प्रमुख डा रविन कडरियाले दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका
९७ हजार नौ सय ५० पर्यटकले उक्त अवधिमा सो क्षेत्र घुमेका जानकारी दिएका छन ।
असोज–कात्तिक र चैत–वैशाखको समय यो भेगमा पदयात्राका
लागि उत्तम मानिन्छ ।
- न्युज बहार संवाददाता