चैत
१७, काठमाडौँ। आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्न लागेका
छन्।
नयाँ
मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे शपथ खुवाउने कार्यक्रम रेहको छन्।
आज एकै
दिन एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री
बन्न लागेका हुन्।
प्राप्त
अनौपचारिक सूचीअनुसार कांग्रेसबाट रमेश रिजाल, पूर्णबहादुर खड्का, सीता गुरुङ र प्रकाशशरण महत मन्त्री हुँदैछन् भने
माओवादी केन्द्रका
तर्फबाट शक्तिबहादुर
बस्नेतले पनि मन्त्रीको शपथ लिन लागेका छन्।
यस्तै नेकपा एकीकृत समाजवादीका र प्रकाश ज्वाला, बेदुराम भुसाल लोसपाका शरतसिंह
भण्डारी, जसपाका अकोश
राई, नागरक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ र नेपाल समाजवादी पार्टीका महिन्द्र
राय यादवले नयाँ मन्त्रीको शपथ लिने छन्।
- न्युज बहार संवाददाता