जेठ १३, काठमाडौँ । सहकारीको रकम
अपचलनबारे संसदीय छानबिन समिति आवश्यक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी
(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताएका छन् ।
आज आइतबारको
प्रतिनिधि सभा बैठकको सुरुमै सभामुख देवराज घिमिरेसँग समय लिएर शाहीले यस्तो भनेका
हुन ।
उनका
अनुसार प्रतिपक्षमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले
प्रश्न उठ्नेहरुमाथि छानबिन हुनुपर्ने बताएको तर, आफ्नो पार्टी सरकारमा गएपछि
त्यसका लागि तयार नभएको उनले टिप्पणी गरेका
छन ।
राप्रपाका
प्रमुख सचेतक शाहीले प्रश्न उठेपछि छानबिनका लागि तयार हुनुपर्ने भन्दै प्रतिपक्षमा
हुँदा र सत्तापक्षमा हुँदा एउटै बोली र व्यवहार प्रदर्शन गर्न आगह गरे ।
- न्युज बहार संवाददाता