साउन ६, काठमाडौँ । सरकारले सुरुवातमै देखाएका संकेतहरुले आफूहरूलाई झस्काएको टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गरेका छन् ।
पूर्वउपप्रधान
तथा गृहमन्त्री समेत रहेका लामिछानेले आज आइतबारको प्रतिनिधि सभा बैठकमा
प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमाथि छलफलमा भाग लिँदै आफ्नो
कार्यकालमा विभिन्न भ्रष्टाचारबारे अनुसन्धान सुरु गरिएको र त्यसलाई ‘स्टन्ट’ भनिएको आपत्ति जनाएका छन।
यस
विषयमा उनले भने, ‘स्टन्ट होइन, हामी त्यसलाई आँट, विधि र साहस भन्छौँ ।’
उनले भने
‘जहाँ-जहाँ
हामीले विषय उठायौँ, त्यहाँ-त्यहाँ
पुरस्कार देखियो, नक्कली भुटानी शरणार्थीको विषयमा पुन अनुसन्धान सुरु गरेका
थियौँ, मन्त्रीमण्डलमा को गयो ? संसद् र देशलाई राम्रोसँग थाहा छ।’
गुण र
दोषका आधारमा प्रतिपक्ष भएर बस्ने पनि उनले बताएका छन ।
- न्युज बहार संवाददाता