मंसिर २७, काठमाडौँ। बिहीवारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाले मंसिर २८ गते अर्थात भोली विहिबारदेखि काठमाडौँ भित्र सुर्तीजन्य पदार्थ कच्चा खैनी, गुट्खा, सुर्ती, सुर्तीहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले पत्रकार सम्मेलनमा बोल्दै मंसिर २८ गतेदेखि काठमाडौँ भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको बताएका हुन । काठमाडौँमा मंसिर २८ गतेपछि सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने उनले बताए ।
उनका अनुसार पसलमा बेचेको पाइए दुई पटकसम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिएका छन ।
- न्युज बहार संवाददाता