Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

वडाध्यक्ष मुकुन्द रिजालको मृत्यु भाइरल निमोनियाबाट भएको चिकित्सकको भनाई

  •   ३ वर्ष अघि | २१ भदौ २०८०, बिहिबार

भदौ २१, काठमाडौँ । चिकित्सकले काठमाडौँ महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको मृत्यु भाइरल निमोनियाबाट भएको बताएका छन् ।

रिजालको काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार बइरहेको बेला आज बिहान ७:३० बजे निधन भएको थियो ।

चिकित्सकहरुले सुरुमा उनलाई श्वासप्रश्वासको समस्या देखिएको र त्यसपछी उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर परेको बताएका छन् ।

डाक्टरहरुले वडाअध्यक्ष रिजालको समस्यालाई चिकित्सकिय भाषामा ‘सेप्सिस’ भनेका छन् । ग्राण्डी अस्पतालका एक चिकित्सकले भने ‘उहाँलाई भएको समस्यामा डेंगी पनि थपियो होला त्यो अलग कुरा हो तर डेंगीले मृत्यु भएको चाहिँ होइन, भाइरल संक्रमणको कारणले हो ।’

  • न्युज बहार संवाददाता

थप