Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सकियो स्ववियु निर्वाचनको मतदान।

६० प्रतिशत मत खसेको अनुमान।

  •   ४ वर्ष अघि | ५ चैत्र २०७९, आइतवार

चैत ५, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको जानकारी प्राप्त भएको छ। 

केही क्याम्पसहरूमा आन्तरिक विवादका कारण मतदान हुन नसके पनि धेरै जसो क्याम्पसमा सान्तिपुर्ण तरिकाले  मतदान सम्पन्न भएको छ। प्रारम्भिक विवरणले रोकिएका कलेजहरु बाहेकको कलेजहरुमा ६० प्रतिशत मत खसेको देखाएको छ । 

निकै उत्साहजनक रूपमा मतदान सम्पन्न भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्याक पशुपति अधिकारीले बताएका छन । 

उनले कहि कतै कुनै अप्रिय घटना नभइकन निर्वाचन सम्पन्न भएको बताएका छन। केही स्थानहरूमा निर्वाचन प्रक्रिया रोकिएको तर, केही दिनभित्रमा सम्पन्न हुने उनको भनाई रहेको छ । 

स्ववियुकै इतिहासमा पहिलो पटक शान्तिपूर्ण वातावरणमा स्ववियु निर्वाचन सम्पन्न भएको निर्देशक अधिकारीले बताएका छन। मत कम खसेपनि कुनै पनि अप्रिय घटना नभएको उनको भनाई छ।

  • न्युज बहार संवाददाता

थप