Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज उपराष्ट्रपति निर्वाचन हुदैँ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने

  •   ४ वर्ष अघि | ३ चैत्र २०७९, शुक्रबार

चैत ३, काठमाडौँ। आज देशको उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान हुँदैछ।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकी छिन।

उपराष्ट्रपति निर्वाचनका लागी अष्टलक्ष्मी शाक्य (बोहरा) नेकपा एमाले, ममता झा जनमत पार्टी र रामसहायप्रसाद यादव जनता समाजवादी पार्टीवाट उम्मेदवार रहेका छन्।

शुक्रवार बिहान १० बजे देखि अपराह्न ३ बजेसम्म हुने मतदान को समय तोकिएको छ भने मतदान केन्द्रमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र पनि तोकिएको छ ।

संघीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले उपराष्ट्रपति निर्वाचनमा मतपत्र छपाइ गरिएको छ।

सहायक निर्वाचन अधिकृत शर्माले मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने जानकारी दिइन्।

  • न्युज बहार संवाददाता

थप