बैशाख १३, बारा। बारा क्षेत्र नम्बर २ वाट जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन्।
बैशाख १० गते भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट यादवले जनमत पार्टीका आफ्नो प्रतिस्पर्धी उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराएका हुन्।