साउन १६, काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन बरामद प्रकरणबारे अनुसन्धान गर्न समिति बनाउन प्रस्ताव गर्ने भएको छ।
सुरूमा संसद चल्न दिने र एमालेले छानबिनका लागि विशेष समिति बैठक बोलाउन प्रस्ताव गर्ने सहमति कार्यव्यवस्था समितिको बैठकमा भएको हो।
एमालेका प्रमुख सचेतक पदम गिरीले त्यसपछि सत्तापक्ष छानबिन समिति बनाउन सहमत भयो भने संसद बैठक चल्ने नत्र अवरोध गर्ने जानकारी दिएका छन।
दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइए पनि कार्यव्यवस्था समितिको बैठक लम्बिएकाले बैठक सुरू भएको छैन।
- न्युज बहार संवाददाता