कार्तिक १८, काठमाडौँ । जाजरकोट भूकम्प पीडितको
उद्धार, उपचार र
राहतका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले टोली परिचालन गरेको छ ।
राष्ट्रिय
स्वतन्त्र पार्टीका कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली भूकम्प
पीडितको उद्धारका लागि जाजरकोट गएका हुन । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय
महामन्त्री डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीसहित चिकित्सकहरुको दुईवटा टोली
उपचारका लागि जाजरकोट तर्फ गएको जानकारी दिएका हुन ।
- न्युज बहार संवाददाता