साउन
३, काठमाडौँ। सहरी विकास मन्त्रालयले बञ्चरेडाँडा र सिसडोल क्षेत्रको समस्या
समाधान गर्न तदारूकता देखाए पनि काठमाडौँ उपत्यकाको फोहोर भने तत्काल विसर्जन
नहुने भएको छ।
आज बुधबार
आन्दोलनरत सिसडोलवासी र बञ्चरेडाँडावासीसँग सहरी विकास मन्त्रालयमा छलफल भएको
थियो।
ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले छलफलले ठोस समाधान दिन नसकेको र आइतबार पुन बेठक बस्ने तथा उपत्यकाका मेयर फोरमको बैठकपछि मात्रै टुंगो लाग्ने जानकारी दिएका छन।
वडाध्यक्ष बजगाईंले आजको छलफलमा सिसडोल र बञ्चरेडाँडामा अव्यवस्थित तवरले फालिएको फोहोर व्यवस्थापन गर्ने सम्बन्धि र प्रकोपको रूप लिएको झिँगा नियन्त्रण गर्नेबारे पनि कुराकानी भएको जानकारी दिएका छन।
- न्युज बहार संवाददाता