असार २३, काठमाडौँ । शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७७ औँ जन्मदिन मनाउँदैछन् । राजावादीहरुले आज पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसरमा शुभकामना दिँदै राजतन्त्रको पुनर्स्थापनाको पक्षमा समेत वकालत गरेका छन।
राजावादीहरुले पूर्वराजाको जन्मदिन भव्यताका साथ मनाउन एक समितिनै गठन गरेका छन् । सोही समितिले शनिबार पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुगेका छन । ज्ञानेन्द्र शाह भने निर्मल निवास पुग्दा त्यहाँ थिएनन् ।
पूर्वराजाका संवाद सचिव फणि पाठकले जन्मदिन मनाउनका लागि पूर्वराजा राजधानीकै एक रिसोर्टमा परिवारसहित रहेको जानकारी आफूलाई आएको बताएका छन । यस्तै बेलुका पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको पाठकले बताएका छन। निर्मल निवासमै ७ बजेर ७ मिनेट जाँदा दीप प्रज्वलनको तयारी रहेको उनको भनाइ छ ।
- न्युज बहार संवाददाता