जेठ ३, काठमाडौँ । आज मदन-आश्रित स्मृति दिवस हो। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैँ छ ।
बि.स.२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको थियो भने यस दिनको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ ।
- न्युज बहार संवाददाता